
काठमाडौ।प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियनसिपको उपाधी मनकामना डोजोले हात पारेको छ।शनिबार सम्पन्न प्रतियोगितामा बुढानीलकण्ठ डोजोलाई पछि पार्दै मनकामनाले उपाधी जितेको हो ।
प्रतियोगितामा बुढानीलकण्ठ डोजो उपविजेता बनेको छ भन टिम हाईएसिया डोजो तेश्रो हुन सफल भएको छ । २३ विधामा २१ टिमबाट ३३५ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि पनि छनोट गरिएको थियो । बेष्ट प्लियरमा महिला तर्फ योन्जुन लामा,पुरुषतर्फ फुर्वा सिंह वाईवा छनोट भएका थिए । त्यस्तै,सान्त्वनामा पुरुष तर्फ मोहन सापकोटा र महिला तर्फ मनिषा वाईवा तामाङ छनोट भएका थिए भने डिसिपिलियन टिम तर्फ साउथ वेल्थ छनोट हुन सफल भएको थियो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख आतिथि लाखेद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन पश्चात संचालन भएको थियो ।
कार्यक्रमलाई संयोजक नारायण श्रेष्ठ गरेका थिए भने टिमको संयोजक छत्र बहादुर आलेले गरेका थिए ।