ट्रेन्डीङ्ग

अर्घाखाँचीमा म्यादी प्रहरीको परीक्षामा १७०५ जना शारिरीक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण

अनिल नेपाली,१७ चैत,अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना पास भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा आवश्यक ८ सय ८२ जना म्यादी प्रहरी हुन् । चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुनका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ भएको थियो । चैत्र १५ गते १ देखि १२०० सम्म , १६ गते १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाहरुले टुडिखेलमा शारिरिक परिक्षा भएको थियो । शरिरिक परिक्षा दैनिक ५० जना समूहमा विभाजन गरी चैत्र १८ गते लिखित परिक्षा हुने प्रहरी कार्यलयले जनाएको छ ।

त्यसैगरि म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ४४ हजार ४४० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभएको छ । म्यादी बन्नका लागि १८ बर्ष देखि ५४ बर्षसम्म महिला पुरुषको उल्लेखनीय सहभागिता रहेको छ । म्यादी प्रहरिको नामावली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal