
चैत १६,गोरखा।अखिल(क्रान्तिकारी)गोरखाको चौथो पुर्ण बैठक सप्पन्न भएको छ।बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औं जिल्ला सम्मेलनको आयोजक समिति गठन गरिएको छ ।
साथै आउदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय लिएको छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य रुपेशको प्रमुख आतिथ्य,त्यस्तै नेकपा गोरखा जिल्ला सेक्रेटरी कपिल साथै अखिल(क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माको अतिथिमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता तथा संचालन गोरखा जिल्लाका पुर्व अध्यक्ष गगन परियारले गर्नुभएको थियो।