ट्रेन्डीङ्ग

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

११ चैत, मुग्लिन । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।

नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने र मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने बताए ।
उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?