ट्रेन्डीङ्ग

भारतीय अभिनेता सलमान खान नेपाल आउदै

परासी। भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन।आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने‘दबङ लाइभ इन नेपाल’कार्यक्रमका लागि नेपाल आउन लाग्नुभएको हो।

सोही कार्यक्रम लक्षित गरि आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ।

आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग सम्वाद गर्नुहुने कार्यक्रम तय भएको हो।

दुई वर्षअघिनै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो । तर कोभिड-१९ को उच्च जोखिमका कारण रोकिएको उहाँको कार्यक्रम पुनः हुने भएको हो ।

ओडिसी इन्टरटेनमेन्टले सो ।कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ।आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ। भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रबन्धन टेवा पुग्ने अपेक्षा गरिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal