
पोखरा।अखिल(क्रान्तिकारी)गण्डकी प्रदेश छात्रा बिभागद्वारा पोखरामा यौनजन्य हिंसा बिरुद्ध र्याली सहित प्रदर्शन गरेको छ।
संगठनले मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि हिजो आइतबार बिद्यालय परिसरमा सोही बिद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसा विरुद्ध र्याली सहित बिरोध प्रदर्सन गरेको हो ।
पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु भएको छात्राहरुको बिरोध र्याली पृथ्वीनारायण क्याम्पस अगाडि पुगेर बिरोध सभामा परिणत भएको थियो ।
विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अखिल(क्रान्तिकारी)गण्डकी प्रदेश छात्रा बिभाग प्रमुख कमला परियारले विद्यालयमा नै छात्राहरू अशुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताउनु भयो ।
यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताउनु भयो ।उहाँले सरकारले यस्ता घटना को तुरुन्त कारबाही नगरे छात्राहरु को आन्दोलन को तागतले त्यस्ता शिक्षक हरुलाइ कारबाही गर्ने चेतावनी दिनुभयो ।
साथै परियारले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास माविका शिक्षक मनोज पौडेलमाथि कडा पनि कडा कारबाही गर्न माग गर्दै बिद्यालयमा छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।
कोणसभाको संचालन अखिल(क्रान्तिकारी)अमरसिंह माबि मुल इकाई कमिटीका सह इन्चार्ज अङ्किता वाग्लेले गर्नुभएको थियो ।
मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत बिद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको छ।झडपमा केही स्थानीय,बिद्यार्थी र प्रहरी घाइते भएका छन् ।