ट्रेन्डीङ्ग

नवलपरासीका कुलदेव स्रोत नखुलेको २२ लाख नगद सहित पक्राउ

चैत ६,कास्की । प्रहरीले पोखरा बाट पश्चिम नवलपरासीका कुलदेव कुमाललाई श्रोत नखुलेको २२ लाख नगदसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम)सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति पक्राउ गरेको हो।

प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३.ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडामा चेकजाँच गर्ने क्रममा बसमा सवार कुमाललाई स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?