
चैत ७ परासी।राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन यही चैत १४ गते पश्चिम नवलपरासीको सदरमुकाम परासी आउने भएका छन।
राप्रपा पश्चिम नवलपरासीको आयोजनामा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन परासी आउने भएका हुन।
राप्रपाका अध्यक्ष लिङ्देन सगै वरिष्ठ नेता दिपक बोहरा,केन्द्रिय उपाध्यक्ष धुर्व बहादुर प्रधान,लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय,प्रवक्ता ज्ञानेन्द्र शाहि लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा लुम्बिनी प्रदेश सदस्य मनोहर रायमाझीले बताउनु भयो ।
विभिन्न पार्टी परित्याग गरि बृहत मात्रमा राप्रपामा प्रवेश गर्ने राप्रपा नवलपरासीले जनाएको छ।