ट्रेन्डीङ्ग

जनपत्रकार संगठनद्वारा प्रदेश स्तरीय आधारभूत जनपत्रकारिता तालिम सुरु

चैत ६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ ।पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ भन्ने मुल नाराका साथ शनिवारदेखि सुरू भएको हो । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले तालिमको व्यानर पढेर तालिमको उद्घाटन गरेका थिए ।

तालिममा प्रदेश नं. १ र प्रदेश नं. २ का जनपत्रकार संगठन नेपलमा आवद्व पत्रकाहरूको सहभागी रहेको जनपत्रकार केन्द्रीय सदस्य तथा प्रदेश १ संयोजक आलोक बताए ।

तालिमको उद्घाटन गर्दै संयोजक विश्वकर्माले समय सापेक्ष र सर्वाहारा बर्गको हकहित र अधिकारको रक्षार्थ ससक्त रूपमा पत्रकारितामा लाग्न सुझाव दिए ।

कार्यक्रममा नेकपा मोरङ जिल्ला सेक्रेटरी नरेस र पाचथरका सेक्रेटरी सन्तोषले तालिमको सफलताको शुभकामना दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal