
पुरन अधिकारी ,चैत ५, सुनवल । नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेको छ ।
सरावल गाउँपालिका वार्ड न.१ का अध्यक्ष भेष नारायण चौधरीको प्रमुख आतिथ्यता एवं नवलपरासी सेवा समाज युएई का महासचिव कृण्ण प्रसाद बास्तोलाको अध्यक्षतामा मृगौला पिडितलाई आर्थिक रकम सहयोग कार्यक्रम सरावलमा सम्पन्न भएको हो ।
कार्यक्रममा नवलपरासी सेवा समाजका नेपाल प्रतिनिधि एवं आप्रवासी परिवार हकहित मञ्च सुनवलनगरका अध्यक्ष युवराज पुन मगर सास्कृतिक विभाग प्रमुख शान्ति ढकाल सदस्यहरु कृण्ण प्रसाद तिवारी ,गोरे राना आप्रवासी परिवार हकहित मञ्च सरावल गाउपालिका अध्यक्ष जवाहिर केवट लगायतको उपस्थिति रहेको थियोे ।
वास्तविक पिडितको सहि पहिचान गरि पिडितको घरमै गई आर्थिक रकम सहयोग गरेकोमा प्रमुख अतिथि वडा अध्यक्ष भेष नारायण चौधरीले संस्थाको कार्यको खुलेर प्रशसा गर्नुभएको थियोे भने बोल्ने वक्ताहरुले संस्थाको सहयोगी भावनाको कदर गर्दै अगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाओस भन्ने कामनाका साथै बैदेशिक रोजगारी र यसका जोखिमका बारेमा समेत प्रष्ट पारेका थिए।कार्यक्रममा अध्यक्ष बास्तोलाले विपदमा पर्दा या रोजगारका शिल-शिलामा देश वा विदेशमा समस्या परे आफु र आफ्नो संस्था सहयोगका लागि सदैव तत्पर रहेको समेत बताउनु भयो ।स्थानीयले समेत पिडितलाई सहयोग भएको सराहनीय रहेको बताएका उक्त कार्यक्रमको संचालन सगरमाथा युवा क्लबका अध्यक्ष तोपेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
युएई मा कार्यरत नवलपरासीका आप्रवासीहरुले आफ्नो क्षेत्रमा रहेका विधालयमा शैक्षिक सामाग्रीहरु ,कोरोना र घातक रोग विरुद्ध लड्दै आएका गरिब र अशक्तहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।