ट्रेन्डीङ्ग

एमसिसी नेपाली जनताको पक्षमा:सहमहामन्त्री मुस्कान

सन्धिखर्क।नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल’मुस्कान’ले एमसिसी सम्झौता नेपाल र नेपाली जनताको पक्षमा रहेको बताएका छन। कांग्रेस अर्घाखाँचीको मलारानी गापा ४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरकृया कार्यक्रममा सहमहामन्त्री मुस्कानले उक्त कुरा भन्नू भएको हो।

‘घर घर जाऔं कांग्रेस जिताऔं’अभियान अन्तरगर्त शनिबार अर्घाखाँचीको मालारानि गाउँपालिका वडा नम्बर ४ मा अगुवा कार्यकर्ता भेटघाट एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस मालारानीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रदेश सह महामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले अबको चुनाबमा नेपाली कांग्रेसले देशभरिबाट नै व्यापक जनमत ल्याउने जिकिर गरेका छन् ।

देशका हरेक राजनैतिक परिवर्तनको नेतृत्व काङ्ग्रेसले नै गर्दै आएको र अबको जिम्मेवारी पनि काङ्ग्रेसकै काधमा रहेको बताएका छन्।संसदबाट भर्खरै मात्र अनुमोदन भएको एमसिसि नेपाल र नेपालीको पक्षमा भएको बताउदै यसका बारेमा टीका टिप्पणी गरेर समय खेर फाल्नु मुर्खता भएको समेत बताएका छन् ।

अभियानकै रुपमा संचालित चुनावी उक्त कार्यक्रममा नेपाली कांग्रेस,अर्घाखाँचीका प्रतिनिधि एवं मालारानी गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?