ट्रेन्डीङ्ग

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

चैत ५,काठमाडौ । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्।
जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।

नेम्वाङले चैत ३ गते साँझ सामान्य विवादमा श्रीमतीको घाँटी थिचेर हत्या गरी घरदेखि ५ सय मिटर टाढा पर्ने ओडारमा सुकेका पत्करले छोपेर लुकाएको प्रहरीले जनाएको छ ।

हत्यापछि घरदेखि हराएको भन्दै गाउँमा हल्ला फिँजाएका नेम्वाङलाई शुक्रबार साँझ(चैत ४ गते ) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी(प्रहरी निरिक्षक) डम्बर विश्वकर्माले जानकारी दिए ।

सामान्य घरायसी विवादका क्रममा चैत ३ गते साँझ ७ बजे श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal