ट्रेन्डीङ्ग

अर्घाखाँचीमा खुल्ला भलिबल प्रतियोगिता शुरु

टेकराज भुसाल,चैत ३ अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ।

पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को संयुक्त आयोजनामा शुरु भएको दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा नगर प्रवक्ता बाबुराम पन्थी सुनार, भुमिकास्थान १ का वडाध्यक्ष भाेजराज खनाल, २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ५ का वडाध्यक्ष तुल्सिराम बेल्वासे, राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका सदस्य कबिराम खनाल, नेकपा (एमाले) भुमिकास्थान नगर उपाध्यक्ष चिरञ्जीवी खनाल लगायतको आतिथ्य रहेको थियो।

उद्घाटन समारोह पिपलनेटा बजार बिकास संस्थाका अध्यक्ष तिलक खनालको अध्यक्षता, बिष्णु शर्माकाे संचालन र टेकराज भुसालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

चैत ५ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार ५ सय, द्धितिय हुने टिमले ३१ हजार ३ सय र तृतीय हुने टिमले २१ हजार १ सय संगै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।यस्तै उत्कृष्ट खेलाडी पुरस्कार ३५ सय, अनुशासन पुरस्कार ३५ सय, र उत्कष्ट पत्रकार सम्मान पुरस्कार रु ३५ सय रहेको आयोजक पिपलनेटा बजार विकास संस्थाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal