
सरु भुसाल,चैत २,पर्वत । पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गर्नु भएको हो ।
भवन निर्माण कार्य २०७७ साल जेठ मा सुरु भई २०७८ माघमा सम्पन्न भएको थियो ।भवन निर्माणको लागि ३ करोड १५ लाख ५५ हजार ८ सय रुपैयाँ धुलिखेल निर्माण सेवालाई जिम्मा दिईएको र समयमै निर्माण कार्य सम्पन्न भएको विहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र दयालले जानकारी दिनु भयो ।
बिहादि गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्याल, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका सांसद विकास लम्साल, प्रमुख जिल्ला अधिकारी देबी कुमारी पाण्डे खत्री, मोदि गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पौडेल, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी , लगायत सम्पूर्ण वडा कार्यालयका अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न पार्टीका प्रमुख , विभिन्न सँघका प्रमुख ,पत्रकार,सुरक्षाकर्मि लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।
संविधानसभा सदस्य गुणाखर बस्याल, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका सांसद विकास लम्साल, प्रमुख जिल्ला अधिकारी देबी कुमारी पाण्डे खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भवन निर्माण पछि पालिकाको सेवा प्रवाहमा सहज हुने विस्वास गरिएको छ । पालिकामा ६ वडा रहेका छन् जस्मा १ बाच्छा, २ बर्राचौर, ३ रानिपानी,४ वहाकी,५ उराम र ६ शालिग्राम रहेको छ | भौगोलिक को हिसाबले वडा नम्बर बाच्छालाइ भने गाँउपालिका केही टाढा परेतापनि अन्य वडाका लागि भने सेन्टर परेको विहादी गाउँपालिका वडा नम्बर २ का वडा सदस्यले बताए |