
बर्दघाट।संयुक्त किसान संगठनले नवलपरासीमा एमसीसी पारितका बिरुद्ध बुधबार बर्दघाट जिमिरेभार बिरोध सभा गरेको छ ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ(क्रान्तिकारी),नेकपा(क्रान्तिकारी माओवादी )निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),त्यसै गरि नेकपा(मसाल)निकट अखिल नेपाल किसान महासंघको संयुक्त आयोजनामा एमसिसी पारित,किसानका सामग्रीको सहज व्यवस्थाको माग गर्दै बिरोध गरेका हुन् ।
संयुक्त किसान संर्घष समितिमा आबद्ध तीन संगठनहरुले एमसिसीका दलालहरु होसियार,एमसीसी चाहिदैन देश बेच्न पाईदैन,पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर, मलको व्यवस्था गर कृषि समाग्री सहज व्यवस्था गर भन्दै र्याली सहित जिमिरे भारमा सभा आयोजना गरेको थियो।
एमसीसी पास गर्ने दलहरुलाई दलालको संज्ञा दिदै संर्घषको बिकल्प नभएको बताएका थिए।उनीहरुले केन्द्रमा भएको ६ दल निकट युवा सगठनको कार्यक्रम अनुसार बिरोध प्रर्दशन गरेको जानकारी दिए ।
सभामालाई सम्बोधन गर्दै वक्ताहरुले एमसिसिलाइ जनता स्वीकार नगरेको भन्दै एमसिसी खाजेर नगर्दा सम्म निरन्तर आन्दोलन गर्न्र बताए। उनिहरुले किसानका तमाम समस्याहरुलाई व्यवस्था गरेको भन्दै किसानलाइ आवश्यक पर्ने कृषि मलहरुको समयमै उपलब्ध गराउन माग गरेका थिए।कृषिको बजारीकरणमा राज्यले व्यवस्था गर्दा भारती व्यापारीको हस्तक्षेप बढेको बताए। राज्यले उखु किसानको समस्या हल नगरेको भन्दै समयमै बाकी बक्यौता बुझाउन चिनी मिललाइ चेतावनी दिएका थिए ।
जिल्लामा ६ दल दुई मोर्चा आबद्ध जनबर्गीय मोर्चा संगठनहरुले एमसीसी पारितको बिरोधमा सर्घष गर्दै आएका छन् । घोषित कार्यक्रम अनुसार आज किसानहरुको प्रर्दशन गरेको आयोजकले जानकारी दिए।
६ दल आबद्ध मोर्चाका ३ दल र २ दुई मोर्चा पश्चिम नवलपरासीमा क्रियाशिल रहेका छन् ।