
प्रकाश बहादुर थापा,फागुन २८, डोटी ।
युवा संगठन नेपाल डोटीद्वारा एमसिसि सम्झौताको विरुद्धमा दिपायल डोटीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले संसदिय दलालहरुले सत्ता बचाउनको लागि राष्ट्रघाति एमसिसि सम्झौता गरेको हुदा यसको मुल्य तिनिहरुले नराम्रोसँग चुकाउनु पर्ने बताउनु भयो। सो कोणसभालाई अर्का जिल्ला सचिवालय सदस्य मोहन कठायत र युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुशिल मलासीले सम्बोधन गरेका थिए भने संचालन अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए ।