ट्रेन्डीङ्ग

ईन्जिनियर तुलसिराम वोस्ती लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदका उम्मेदवार

फागुन २६, बुटवल ।
अग्रजलाइ सम्मान र नविललाई माया , सामजिक काममा निरन्तर लागि पर्ने इन्जिनियर तुलसीराम वोस्ती नेपाल इन्जिनियरस एसोसिएसन लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य क्र.म संख्या १पदका उमेदवार बनेका छन ।

लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ देविनगरमा बस्दै आएका वोस्तिको जन्म भने गण्डकी प्रदेश स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा भएको हो ।
सानै देखि पढ्न लाई ज्ञानि जिज्ञासु पाराका वोस्तीले लुम्बिनी ईन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका उनी हाल भारतको हरिहाणा स्थित Om Streling Globle university वाट structural engineering बिसयमा Masters गरिरहेका छन। लामो समय देखि बुटवललाई आफ्नो कार्यक्षेत्र बनाउदै सगरमाथा बिल्डर्स एण्ड ईन्जिनियरिङ प्रा.ली. मार्फत रुपन्देहीका थुपै ठाउँहरुमा सेवा प्रभाव गरिरहेका छन ।
प्रष्ट बिचार , कुसल नेतृत्व र स्पष्ट मार्गचित्र बनाउन सक्ने तुलसीले विद्यार्थी राजनिती मै उदाहरण दिई सकेका छन ।
नेकपा एमाले निकट अनेरास्ववियु लुम्बिनी इन्जिनियरिङ कलेजको सदस्य , सचिव हुदै अध्यक्ष बनेका तुलसीलाइ कुसल व्यवस्थापक भन्न रुचाउँछन् उनका सहपाठीहरु । अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य , पोखरा बिश्वबिद्धालय राष्ट्रिय कमिटी कोषाध्यक्ष हुँदै अनेरास्ववियु केन्द्रिय सदस्य भइ आफ्नो जिम्मेवारीमा अब्बल कार्य गरीसकेका छन । हाल नेकपा एमाले स्याङ्जा ( चापाकोट) – रुपन्देही सम्पर्क समाजको अध्यक्ष रहेका उनी निरन्तर पाटि तथा सामाजिक सेवामा सक्रिय रहेका छन |
अग्रजका सल्लाह सुझावलाई सहर्ष ग्रहण गर्न सक्ने र नबिनलाइ आफ्नो भोगाइ र अनुभवलाइ सजिलो तरिकाले बाड्न सक्ने तुल्सीको उम्मेद्बारीलाई सबैले चासोका साथ हेरीरहेका छन । पाटी भन्दा माथी उठेर सबैसंग राम्रो सम्बन्ध स्थापित गर्न सफल भएका कारणले पनि सबै बिचार समुहका साथिहरुले उनलाई बिजय बनाउन सहयोग गर्ने देखिन्छ !!!नेपाल ईन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश कार्यकारी समितिले गुमाउन नहुने उमेदवारका रुपमा लिइएको तुल्सीराम वोस्तीलाई भारी मतले बिजय गराउन उनका सुबेक्षकले यस आलेख मर्फत हार्दिक अनुरोध गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal