
फागुन २६,संखुवासभामा ।
संखुवासभामा बस दुर्घटना भएको छ ।
मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नं. बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने घाइते भएका ५ जनाको उद्धार गरिएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार हालसम्म १० जनाको शव फेला परेको छ। अझै हताहति भएको आशंका गरिएको छ।
संखुवासभा मादी नगरपालिका -६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ।