ट्रेन्डीङ्ग

बलात्कारको आरोपमा शिक्षक पक्राउ

फागुन २२, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउपालिकाका शिक्षक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रकाउ गरेको हो

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले मालारानी गाउँपालिका-७ का २७ वर्षीय शिक्षक सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको बताए ।

मालारानी गाउँपालिकाको मावि विद्यालयमा अध्यापन गराउने शिक्षकले १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरि प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?