
फागुन २२, काठमाडौ ।
काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छ्न ।
महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ।