ट्रेन्डीङ्ग

धनुषामा गोलि लागेर एक युवक घाईते

२२ फागुन, जनकपुरधाम । धनुषामा शनिबार राति गोली प्रहार बाट  एक युवक घाईते भएका छन ।
जनकपुरधाम उप महानगरपालिका-१९ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नेको खोजी भइरहेको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal