ट्रेन्डीङ्ग

तरकारी बजारमा आगलागी

फागुन २२, काठमाडौ ।

बालाजुको  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा गएराति सवा १२ बजे आगलागी भएको छ । आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।

आगलागीको कारण खुल्न बाँकी  छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal