
गोकर्ण पाण्डे,फागुन १६, गुल्मी । अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव), नेपाल नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट, नेपाल कम्युनिष्ट पार्टी गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भए सगै गुल्मीबाट काठमाडौ,बुटवल,पाल्पा र अर्घाखाँची छुट्ने लामाे दुरिका सबारि साधन हरु पनि चलेका छैनन् । केहि सवारी साधन फाटफुट मात्रा मा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय ,कलेज,पसल,कालकारखाना हरु पनि बन्द रहेका छन्।
गुल्मीका मुख्य बजार र चाेक हरु पनि सुनसान रहेका छन्। बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चाेकचाेक मा सुरक्षाकर्मि खटाइएको थिए।
हिजाे विभिन्न ठाउँबाट छुटेका सबारि साधान गन्तव्यमा पुग्न सकेका छैन्।बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे छ ।