ट्रेन्डीङ्ग

राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध झापामा प्रदर्शन 

प्रविण विद्रोही, १५ फागुन,झापा काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेकाे भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ।

आज आइतबार दिउँसो पुर्वी सिमाना अन्तर्गत झापाको काकडभिट्टामा ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा र्‍याली सहितको कोणसभा गरेका हुन्,। काकडभिट्टाकाे बसपार्कबाट शुरू भएको र्‍याली इलाका प्रहरी कार्यालयकाे उत्तर गेट हुँदै मेचिडाँडा , भट्टराईचाैक हुँदै पुनः बसपार्क आएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा अमेरिकी साम्राज्यवाद मुर्दावाद! गाे ब्याक एमसिसी, राष्ट्रघाती दलालहरू होसियार ! देश बेच्न पाइदैन , एमसिसी हामीलाई चाहिँदैन लगायतका नाराबाजी गरिएको थियोे ।

कोणसभाकाे सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले सञ्चालन गरेका थिए भने कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चा नेपालका तर्फबाट रबिन राई , बैज्ञानिक समाजवादी पार्टीका तर्फबाट राजु दास , नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट बालकृष्ण र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रशान्त थापाले सम्बोधन गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेताहरूले एमसिसी परियोजना अमेरिकी साम्राज्यवादकाे नेपाल माथिको नयाँ अस्त्र रहेको उल्लेख गर्दै नेपाल माथिकाे हस्तक्षेप सह्य नहुने उल्लेख गरे।

सम्बोधनका क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रशान्तले दलाल बनेर पैसाका लागि देश बेचेको भन्दै नेताहरूलाई पैसा चाहिए जनताले भिख दिने तर देश नबेच्न भन्दै खबरदारी गरे। कार्यक्रममा क्रान्तिकारी साहित्यकार कृष्णभक्त सिटौलाले देश नबेच्न खबरदारी सहित कविता बाचन गरेका थिए भने मातृभूमि रक्षाका लागि विदेशमा रहेका दाजुभाइ दिदिबहिनीहरूलाई देश फर्कन आह्वान गरेका थिए।

झापामा नेपाल कम्युनिस्ट पार्टी सहितका विभित्र पार्टीले निरन्तर एमसिसी विरुद्ध प्रदर्शन गर्दै आएका छन्,।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal