
फागुन १३,नवलपरासी। नेकपा कम्युनिस्ट पार्टी सहित ६ दल र दुई मोर्चा सम्मिलित एमसीसी खारेज संयुक्त संर्घष समितिले शुक्रवार पश्चिम नवलपरासीको विभिन्न स्थानमा कोणसभा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी,नेकपा(क्रान्तिकारी माओवादी),नेकपा(मसाल),राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी बिरुद्ध कोणसभा गरेका हुन ।
संर्घष समितिले प्रतापपुरको बेलाटारी,सेमरी,गोपीगंज,बर्दघाट १२ भटौलिया र सरावलको पटखौली बजारमा एमसीसी खारेजीको माग गर्दै कोणसभा गरेको नेकपा नेता प्रतापले जानकारी दिनु भयो।
उनका अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य रामप्रीत,देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणी भण्डारी,राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक प्रसाद सुवेदी,नेकपा (मसाल)का जिल्ला प्रवक्ता धनपति सापकोटाले सम्बोधन गर्नुभएको थियो ।