
फागुन १२, दैलेख ।
६ पार्टी २ माेर्चा सहित आठ दलीय माेर्चाले एमसिसि बिरुद्ध जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ गरेको छ ।
दैलेख बजारकाे गणेशचाेक बाट शुरु भएर एमिसि चाहिदैन देश बेच्न पाईदैन!राष्ट्रघाति एमसिसि खारेज गर!८ दलीय माेर्चा जिन्दाबाद!दलाहरु हाेशियार!सम्पुर्ण देशभक्तहरु एक हौ !लगायतका नारा जुलुश सहित प्रशासन कार्यलयमा पुगेकाे थियाे।
कार्यक्रममा नेकपा दैलेख,नेकपा (क्रान्तिकारी माअाेबादी),राष्ट्रिय जनमाेर्चा र बैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल सहित ४ वटा पार्टी काे सहभागिता रहेकाे थियाे।कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी कमरेड दिपेन्द,नेकपा (क्रान्तिकारी माअाेबादी)प्रदेश समिति सदस्य भरत रेग्मी, राष्ट्रिय जनमाेर्चा दैलेखका कार्यवाहक अध्यक्ष लाेकपाल थापा र बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सँयाेजक श्याम कुँवरकाे उपस्थिति रहेकाे थियाे।