
अनिता गजनेर,फागुन १२,उदयपुर ।
राष्ट्रघाती एमसिसी विरुद्धमा उदयपुरको सदरमुकाम गाईघाटमा संयुक्त आन्दोलनकारी द्वारा जिल्ला प्रशासन कार्यलय घेराउ गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी लगायत ६ दलिय मोर्चाद्वारा उदयपुरको सदरमुकाम गाईघाटको पिपल चौक बाट नारा लगाउदै बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला प्रशासन घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा ईन्चार्ज बिबेक कुमालले राष्ट्रघाती एमसीसि देशका संसदवादी दलालहरुले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो एमसिसि सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताए, आजसम्म देशमा जति पनि राष्ट्रघाती सम्झौताहरु गरिएका छन् त्यो सबै कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाएका छ्न। यो रास्ट्रघाती एमसिसि कुनै हालतमा लागू हुन नदिने उनले बताए । कार्यक्रममा सहभागी नेकपा (क्रान्तिकारी) माओवादीका जिल्ला ईन्चार्ज मोहन सिन तामाङ ,बैज्ञानिक समाजबाट गोकुल चाम्लिङ ,मजदुर माओवादी बाट हिमाल राई,नेकपा मसाल बाट राम प्रसाद चौलागाईं ,लगायत वक्ताहरुले राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताउदै रास्ट्रघाती एमसिसि सम्झौता खारेज गर्नु पर्ने कुरामा जोड दिँदै राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी बुद्धिजीवी ,ब्यापारी ,मजदुर शिक्षक सबै जनसमुदायलाई आन्दोलनमा साथ दिनु हुन अपिल समेत गरेका छन ।