ट्रेन्डीङ्ग

एमसिसिको बिरोधमा प्रशासन घेराउ

फागुन १२,परासी। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित सयुक्त मोर्चाले जिल्ला प्रशासन कार्यलय नवलपरासी घेराउ गरेका छन। संयुक्तमोर्चाले एमसिसिको खारेजी माग गर्दै र्‍याली सहित प्रशासन कार्यलय घेराउ गरेका हुन। र्‍यालीमा एमसिसी खारेज गर,पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए। एमसीसी मुर्दावाद देश बेच्न पाइदैन एमसीसी चाहिदैन जस्ता नारासहित रामग्राम-४ हाटबजारबाट निकालिएको र्‍याली प्रशासन कार्यलयमा पुगेर कोणसभामा परिणत भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले कुनै पनि हालतमा एमसिसिको खारेजीको माग गरेका थिए,जबर्जस्ती पास गर्ने खोजे प्रतिरोध गर्ने आवश्यक परे हतियार सम्म उठाउन सक्ने चेतावनी दिएका थिए।

नेकपा सहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार आज प्रशासन कार्यलय घेराउ कार्यक्रम गरेको थियो । सभालाई  विप्लव नेतृत्व नेकपाका जिल्ला सदस्य रामप्रीत,देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारी राष्ट्रिय जनमोर्चाका रेम बहादुर राना ,नेकपा मसालका धनपत सापकोटा,क्रान्तिकारी माओवादीका क्षेत्र बहादुर थापा, क्रान्तिकारी माओवादी केन्द्रका पृथ्वी लगायतले सम्बोधन गर्नु भएको कार्यक्रमको संचालन नेकपा नेतृ कृतिले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?