ट्रेन्डीङ्ग

कञ्चनपुरमा एमसिसिको विपक्ष मतदान गर्न सांसदको घरमा ब्यानर

गणेश एसके,फागुन ११,कञ्चनपुर। नेकपा (विप्लव) निकट भातृ संगठन अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा राष्ट्रघाती सम्झौता एमसिसिको विपक्षमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसदको घरमा ब्यानर लगाएको छ।

जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निरु देवी पाल र दीपक प्रकाश भट्टको घरमा संगठनले एमसीसी सम्झौताको विरोध स्वरूप ब्यानर झुन्ड्याइएको बताइएको छ । अन्यथा एमसिसी सम्झौताको पक्षमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेश निषेध गरिने संगठनले चेतावनी समेत दिएको छ ।

अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले भने हामी यो राष्ट्रघाती सम्झौता एमसिसिको विरुद्धमा आजसम्म निरन्तर चरणबद्ध रुपमा आन्दोलनमा छौ यसै सन्दर्भमा हाम्रो संगठनको केन्द्रीय कार्यक्रम अनुसार सबै संघीय सांसदलाई उक्त सम्झौता को विपक्षमा उभिनु भन्ने दबाब सहित आग्रह गर्दै घर घरमा गएर ब्यानर लगाएका छौं । यदि उनीहरूले एम सी सी सम्झौताको पक्षमा मतदान गरे जिल्ला प्रवेश निषेध गर्ने छौ र त्यस्ता जनप्रतिधिलाई बहिस्कार गर्ने उनले बताए । यो राष्ट्रघाती सम्झौता एमसिसि खारेज नहुँदा सम्म आफूहरु निरन्तर आन्दोलनको मोर्चामा हुने उनी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal