ट्रेन्डीङ्ग

इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियाे सार्वजनिक

प्रविण विद्रोही, १० फागुन, झापा । नेपाली बजारमा प्रतिस्पर्धात्मक व्यापार गरिरहेको सुजुकी कम्पनीले आज झापा सहित देशभर नयाँ कार “सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।

नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो झापाका लागि सुजुकीको आधिकारिक बिक्रेता कपुरी ब्रदर्शले बिर्तामोडस्थित सुजुकी सोरुममा आज मंगलबार सार्वजनिक गरेको हो ।

सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गर्दै यो कारले दिने माइलेजका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट समेत राहत मिल्ने कम्पनीले जनाएको छ।

लक्ष्मी विकास बैंक बिर्तामोडका प्रबन्धक बुद्धिशेखर तिवारी, कपुरी ब्रदर्शकी लक्ष्मीदेवी कपुरी र बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग महासचिव कुशल खतिवडाले संयुक्त रुपमा सो गाडी सार्वजनिक गरेका हुन् । कार्यक्रममा कपुरी ब्रदर्शका संचालक रोशन कपुरीले राम्रो माइलेज दिने भएकाले सुजुकी सेलेरियो नै प्रयोग गर्न आग्रह गरे ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र विभिन्न सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज , बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal