ट्रेन्डीङ्ग

एमसिसिको पक्षमा मतदान नगर्न पत्र,चोक चोकमा ब्यानर

अनिता गजमेर,फागुन १०,उदयपुर। जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको घर-घरमा पुगेर युवा संगठन नेपालले एमसिसीको पक्षमा मतदान नगर्न पत्र बुझाएका छन ।

उदयपुर जिल्लाका प्रतिनिधि सभा संसद नारायण खड्का ,लक्ष्मी परियार,सुरेश राई ,प्रमिला राई,को घरमा पुगेर पत्र बुझाएको छ।

एमसीसी संसदबाट अनुमोदन नगर्न विप्लव नेतृत्वको नेकपा युवा संगठनले पत्र पठाएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी रास्ट्रको लागि घात भएको कारण त्यसको विपक्षमा मतदान गर्नुको लागि आग्रह गर्दै चिठी पठाएको युवा संगठन नेपालले जानकारी दिएका छन् ।

पत्रलो पुर्ण रुप यस्तो छ:

त्यसै गरि उदयपुरको सदरमुकाम गाईघाटमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले प्रतिनिधि सभा सदस्यहरुलाई रास्ट्रघाती एमसिसीको विपक्षमा मतदान गर्नको लागि खबरदार गरेर सदरमुकामको चोक-चोक ब्यानर टासेर चेतावनी दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal