
प्रकाश बहादुर थापा,फाल्गुन ६ डोटी।नेपाल कम्युनिस्ट पार्टीले डोटीमा एम.सि.सि.को विरुद्धमा विरोध प्रदर्शनलाई निरंतरता दिएको छ ।
बिरोध कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ले संसदिय दलालहरु देश बेचि खान खोजिरहेका हुदा यि दलालहरुको विरुद्धमा घरघरबाट जनताहरु उठेर डटेर सामना गर्नु पर्ने र दलालहरूलाई देशबाट निकाला गर्नु पर्ने बताउनु भयो।
अर्का वक्ता जिल्ला सचिवालय सदस्य मोहन कठायतले सम्बोधन गर्दै देश रहेन भने केको पार्टी जनता र चुनाब त्यसैले पहिला राष्ट्र बचाउन सबै नागरिक जाग्नु पर्ने यि दलाल संसदिय व्यवस्था ध्वस्त पारी वैज्ञानिक स्थापना भए मात्र देश बचाउन सकिन्ने भएको हुदा सबैलाई सहयोग गर्न आग्रह गरेका थिए।
कोणसभाको संचालन अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए सो कोणसभामा जिल्ला सदस्यहरु दल बहादुर महरा,दिपक भण्डारी लगायत नेता/कार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो ।