
पुष २१ कपिलवस्तु । प्रहरीले कपिलबस्तु बाट ५० गोरु सहित पाँचजनालाइ पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा न.पा. वडा नं. २ पिपरा चेकपोस्टमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६ख.२०८१ नं.को ट्रकमा जिउँदो २४ वटा गोरु र ना. ६ ख. ४६३ नं. को ट्रकमा जिउँदो २६ गोरु ल्याईएकोमा ट्रक सहित चालक २ जना र सोहि ट्रकमा सवार ३ जना गरी जम्मा ५ जनालाइ नियन्त्रण लिएको छ।
ट्रक चालक सहित ट्रकमा सवार ५ जनालाई क्षमता भन्दा बढि ल्याएको भेटिएकोले पशुपंक्षी ओसारपसार क्रुर यातना सम्बन्धी कसुरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।











