
परासी। ग्लोबल आइएमई बैंक लिमिटेड, सरावल शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-६, पडरीस्थित शहीद जगदीश पासवान आधारभूत विद्यालयका १५७ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ।
बैंकका सरावल शाखा प्रबन्धक जितेन्द्र अग्रहरीका अनुसार विद्यालयका सबै १५७ जना विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराइएको हो।
ट्र्याकसुट वितरण कार्यक्रममा ग्लोबल आइएमई बैंकको प्रदेश कार्यालय, बुटवलका अपरेसन म्यानेजर प्रकाश ज्ञवालीले बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताए।
उनले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै समुदायसँग बैंकको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रोत्साहन मिलेको जनाएको छ।











