
डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीको समिक्षात्मक १४ औं पूर्ण बैठक सम्पन्न भएको छ।
सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह(प्रशान्त)ले पार्टीले तत्कालिन रुपमा उठाएको एजेण्डा प्रगतिशिल सरकार गठन गरी जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि व्यापक जनसमुदायमा लैजानु पर्ने र जनसमुदायमा भइ राखेको अनियमिता र भ्रष्टाचारको व्यापक रुपमा भण्डाफोर गर्नु पर्ने बताउनु भयो।
जिल्ला बैठक मार्फत जनमतसंग्रहको लागि संगठन तथा जनसमन्ध १ महिने अभियान संचालन गर्ने र सदस्य वितरण गर्ने,वडा,गाँउ पालिका र नगर अधिवेशनहरु गर्ने निर्णयहरु गरेको छ।
बैठकको संचालन तथा अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी निलम ओली(ध्रुव)ले गरेका थिए भने केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह(प्रशान्त)को बिशेष उपस्थिति रहेको थियो भने सम्पूर्ण जिल्ला सचिवालय सदस्य र सदस्यहरुले आ-आफ्नो क्षेत्रको समिक्षात्मक रिपोटिङसँगै पार्टीलाई सल्लाह सुझाब दिने कार्य भएको थियो ।