
पुष ९ सप्तरी । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिति सप्तरीको दोश्रो पुर्ण बैठक सम्पन्न। बैठकले जिल्लामा व्याप्त मिटर ब्याजी तथा सामाजिक विकृति सहितका बिभिन्न मुद्दाको भण्डाफोर गर्ने निर्णय सहित सम्पन्न भएको हो ।
दोश्रो पूर्ण बैठक युवा संगठन सप्तरीका जिल्ला अध्यक्ष ज्योतिष अध्यक्षता ,नेकपाका केन्द्रिय सदस्य तथा सिराहा,सप्तरी इन्चार्ज बलवानको प्रमुख आथित्यतामा भएको बैठकमा नेकपा जिल्ला सेक्रेटरी बिमला,युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सिराहा,सप्तरी इन्चार्ज मोहनकुमार राम कार्तिक,श्रमिक समुदाय मोर्चाका केन्द्रिय सदस्य दिपेन्द्र लगायतको उपस्तिथि रहेको थियो।
बैठकमा सप्तरी जिल्लाका सबै नगर तथा पालिकाहरुमा अभियान सन्चालन गर्ने र कमिटी गठन गर्ने निर्णय गरियो । जिल्लाका कालोबजारी,भ्रष्टाचारि,मिटर ब्याजी तथा सामाजिक बिकृती,बिसङगती विरुद्ध भण्डाफोर गर्ने निर्णय गरिएको अध्यक्ष ज्योतिषले जानकारी दिए। बैठकमा प्रमुख अतिथी बलवानले प्रशिक्षणत्मक मन्तब्य तथा उर्जाशिल युवाहरुलाई संगठनमा संगठित गर्न सबै युवाहरुलाई अपिल गर्नु भयो।
पार्टी सचिव बिमलाले पार्टीको नीति एवं कार्यदिशा बताउनु भएको थियो।युवा संगठनाका केन्दीय सदस्य मोहनले संगठनका आगामी कार्यक्रमहरु र अभियानका बारेमा प्रष्ट पार्दै संगठनका केन्द्रिय निर्णय र बैठकबाट निर्णय भएका निर्णय लागू गर्न सबै निर्देशन गर्नु भएको ज्योतिषले भने ।