ट्रेन्डीङ्ग

यातायात भाडामा ४५% कार्यन्वयनको माग सहित अखिल(क्रान्तिकारी)सुर्खेतद्वारा ज्ञापनपत्र बुझायो

पुष ८ सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)सुर्खेतले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएको छ।

नेपाल सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत,साठी वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सुर्खेत लगायत आसपास का जिल्ला मा चल्ने लामो तथा छोटो रुट का यातायात का साधनमा लागू नभएकाले तुरुन्तै कार्यान्वयन मा ल्याउन जोडदार माग गरेको छ।

जिल्लामा पछिल्लो समयमा अनेकौं खाले जघन्य अपराधका घटनाहरु बढ्दो क्रममा रहेको तर राज्यव्यवस्थाको जवाफदेहिता नरहेको त्यसकारण यसलाई न्युनिकरण गर्न महिला तथा विद्यार्थी ,छात्राहरूलाई विद्यालय र स्थानीय निकायमा शसक्तिकरण तालिमको माग समेत संगठनले राखेको छ ।

तत्कालै समयभित्र संगठनले राखेका मागहरुलाई कार्यनयन नगरे खण्डमा अखिल (क्रान्तिकारी ) सुर्खेत जिल्लाले कडा संघर्षका कार्यक्रम सञ्चालन गर्न वाध्य हुने चेतावनी समेत दिएको छ।

अखिल क्रान्तिकारी बुझायाको ज्ञापनपत्रमा यस्ता छन् मागहरु :
१) नेपाल सरकार र सयुक्त विद्यार्थी संठन बिच भएको सहमति लाई तत्काल कार्यान्वयन गरि यातायात मा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति लाई ५० प्रतिशत भाडा दर तत्काल निर्धारण गरि कार्यान्वयन गरियोस ।
२) गुणस्तर हिन र मापदण्ड नाघेका यातायात साधन को तत्काल अनुगमन गरि त्यस्ता साधन संचालन्मा रोक लगाइयोस ।
३)यातायात मा हुने दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गरियोस ।
४)प्रत्येक स्थानीय तह भित्र रहेका मुख्य सार्वजनिक स्थान जस्तै बसपार्क , सेमिनार र अन्य स्थानहरु लाई व्यबस्थित र मर्यादित बनाउन सम्बन्धित निकायले बिशेष जोड दिइयोस् ।
५)छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न सम्बन्धि निकायले पहल गरियोस ।
६)विद्यार्थी संगठनले विद्यालय मा गएर विद्यार्थी ,शिक्षक ,अभिभावक सग छलफल ,अन्तरकृया ,विचार आदानप्रदान ,वहस ,पैरवि गर्न पाउने प्रवन्ध मिलाइयोस ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal