ट्रेन्डीङ्ग

रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा

पुष ७ परासी। विवेकशिल साझाकि नेतृ रन्जु दर्शनाले पार्टी छाडेको घोषणा गरेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् ।

२०७४ सालको स्थानीय चुनावमा काठमाडौंको उपमेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन्,’वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’

नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । उनले अगाडि भनेकी छिन्, ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम , व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’

सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता,भावना,आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। तसर्थ यसै ईमेल र पत्र मार्फत सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal