
प्रकाश थापा,पुष ६ डोटी ।एमसिसि विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम डोटीको सिलगढीमा सम्पन्न भएको छ l
नेपाल कम्युनिस्ट पार्टी र जनमोर्चा बिचको संयुक्त कार्यक्रम शैलेश्वरी मन्दिरबाट नारा सहित प्रशासन अगाडी विरोध सभामा परिणत भएको थियो।
विरोध प्रदर्शन कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य मोहनले गरेका थिए भने सम्बोधन जिल्ला सेक्रेटरी ध्रुव ,जनमोर्चाका अध्यक्ष डबल बोगटी र अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा डोटी जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए।
विरोध सभामा सम्बोधन गर्दै ध्रुवले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा जनताको हितमा नरहेको बताए यसकाविरुद्ध सम्पूर्ण नेपाली जनताहरुले आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्नुपर्ने बताए साथै सम्बोधन गर्दै अध्यक्ष वोगटीले राष्ट्रियतााको विषयमा सबै राष्ट्रियवादी पार्टीहरु एकजुट भएर लाग्नु पर्ने बताए विरोध प्रदर्शनमा जिल्लाका नेता तथा कार्यकर्ताहरु लगायत विद्यार्थी आम नागरिकहरूको उपस्थिति रहेको थियो।