ट्रेन्डीङ्ग

एमसीसी सम्झौता विरुद्ध कञ्चनपुरमा प्रदर्शन,सम्झौता अगाडि बढाउन खोजे प्रतिरोध गर्ने

गणेश एसके,पुस ०६ ,कञ्चनपुर। अमेरिकी अनुदान एमसीसी सम्झौता को खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा ( क्रान्तिकारी माओवादी ) दुई पार्टीले संयुक्त रूपमा मगंलबार महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् ।सो कार्यक्रम ६ पार्टी र २ मोर्चाद्वारा आयोजित भए पनि कञ्चनपुरमा दुई पार्टी मात्रै सहभागी बनेका थिए ।

उक्त विरोध सभामा सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य राम बहादुर चौधरी (महान) ले यो एमिसी सहयोग नभएर राज्यको स्वाभिमान,स्वाधीनता र सार्वभौमसत्तालाई अमेरीकाले आफ्नो कब्जामा लिने चलखेल रहेको बताउँदै यसलाई कुनै पनि हालतमा पास नगर्न दिने बताएका छन् ।

संसदवादी दलहरूले राष्ट्रको हित विपरित यस परियोजनालाई जबर्जस्ती अगाडि बढाउन खोजें पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन।आफ्नो देशको अस्तित्व रक्षा गर्नको लागि सम्पूर्ण देशभक्त,वामपन्थी राष्ट्रवादी न्यायप्रेमी जनसमुदायहरुले यो राष्ट्रघाती सम्झौता विरुद्ध आन्दोलित हुन पनि उनले आग्रह गरेका छन् । त्यसै गरी अर्का वक्ता नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरी प्रसाद सुबेदीले पनि देश र जनताको अहितमा रहेको एमसीसीखारेज हुनुपर्ने बताए ।

अहिलेको यो परिस्थितिमा यो सम्झौताको विरोधमा सबै राष्ट्रवादी पार्टीहरू एकजुट भएर जोडदार ढंगले आन्दोलनमा उत्रन पर्ने उनले बताए ।सो विरोध सभा नेकपाका जिल्ला सचिव रमेश परियार ले सञ्चालन गरेका थिए भने अरु जिल्लाका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?