ट्रेन्डीङ्ग

नेकपाद्वारा चितवनमा चार जिल्लाको प्रशिक्षण सप्पन्न



चितवन : नेपाल कम्युनिस्ट पार्टी संयुक्त जिल्ला समितीको आयोजनामा संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी चितवन, मकवानपुर , नवलपुर र डि १ को संयुक्त आयोजनामा भरतपुरमा बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षण दिएका थिए ।महासचिव विप्लवले प्रशिक्षणको क्रममा जनमतसङ्ग्रहका लागि प्रगतिशील सरकारको गठन गरि वैज्ञानिक समाजवादी व्यवस्थाको बिकल्प आजको आवश्यकता रहेको प्रस्ट्याएका थिए । १० बर्षे जनयुद्धको नेतृत्वले धोका दिंदा वैज्ञानिक समाजवादका लागि पुनः एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको उनले बताए ।साथै महासचिव विप्लवले‘एकता बिषयमा आमजनतामा प्रचण्डले भ्रम सिर्जना गर्ने प्रयास गरेको बताउदै यहि दलाल संसदिय व्यवस्थामा रमाइरहेको अवस्थामा माओवादी केन्द्र सँग कुनै पनि हालतमा हुन नसक्ने बताए।
प्रशिक्षणकै क्रममा महासचिव विप्लवले कार्यकर्तालाई निर्देशनात्मक आदेश दिँदै आनुशासनमा रहि राष्ट्रिय स्वाधीनताको रक्षाका लागी, भ्रष्टाचार, माफियाकरण, कालोबजारीका विरुद्ध बिना कुनै सम्झौता लड्न र संघर्षमा होमिन आदेश दिए। महासचिव विप्लवले एमसीसी योजना नेपालमा भित्रिय राष्ट्रिय मुक्तिको लडाइँ हुने खतरा रहेको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय मुक्तिको लडाइँ हुनेछ ।’

संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज नयनले गरेका थिए भने संचालन पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देशले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?