ट्रेन्डीङ्ग

सवारीचालक आफै सवारी दुर्घटनामा परी मृत्यु भएपछि साथीहरुद्धारा परिवारलाई आर्थिक सहयोग

रमेश कुमार भुसाल,मंसिर २८,सुनवल। होङशी सिमेन्टमा कार्यरतर टिप्पर चालकहरुले टिप्पर दुर्घटनामा परी ज्यान गुमाएका तुफानी कंवर योगीको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

होङशी सिमेन्टमा कार्यारत ४ सय ४३ जनाबाट आर्थिक सहयोग गरि रु १ लाख ५३ हजार ३ सय ४० रुपौया मृतककी श्रीमती निर्माला कुमारी कवरलाई हस्तान्तरण गरेको टिप्पर चालक कुमार लामाले बताउनुभयो ।

मृतक कवर योगी आफै होङशी सिमेन्ट टिप्पर चालक रहेका थिए ।

उनले आफैले चलाएको प्रदेश २-०३-००१ ख ४६६९ नम्वरको टिप्पर पार्किङ गर्ने क्रममा अचानक ब्याग भई पार्किङ गरि राखेको ग २ ख ३६१ नम्वरको टिप्परमा परी दुवै टिप्परको विचमा च्यापिन पुग्दा यहि मंसिर २१ गते मृत्यु भएको थियो ।

साथीको असमाहिक र अप्रत्यासीत मुत्यु भएपछि कुमार लामा, नारायण खड्का,राजकुमार अमात्य र वलराम कार्कि लगाएतको टोलिले होङशी सिमेन्टमा टिप्पर चालकका रुपमा रहेको साथीहरु संग रकम संकलन गरेका हुन।

संकलित रकम मृतकको घर पश्चिम नवलपरासी सुनवल ३ पुगी स्थानिय समाजसेवि माधव पाण्डेको रोहोवरमा हस्तान्तरण गरेका हुन। मृतकका दुई छोरा र श्रीमती रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal