
मंसिर २८ काठमाडौ ।एमसीसीविरुद्ध संसद भवन घेराउ कार्यक्रममा प्रहरीले दमन गर्दा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सहित दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सहित दर्जनौँ आन्दोलनकारी र आन्दोलनकारीले प्रतिकार गर्दा केही प्रहरीहरु पनि घाइते भएका छन् ।
एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका नेकपासहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम जारी राखेका छन।
प्रहरीको निषेधित क्षेत्र तोडेर अगाडि बढ्दै हजारौँ आन्दोलनकारीहरु एमसीसी विरुद्ध प्रदर्शन गरिरहेका छन।