ट्रेन्डीङ्ग

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न

बिरेन्द्र गिरी दाङ ,१९ मङ्सिर । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न भएको छ। क्याम्पसमा बि एड र बिबिएस प्रथम ,द्वितीय,तृतीय र चतुर्थ वर्षमा अध्ययनरत विद्यार्थीहरुका विच विभिन्न प्रतिस्पर्धात्मक खेल सञ्चालन गरिएको थियो।

खेलकुद सप्ताहमा छात्रछात्रातर्फ फुटबल,भलिबल ,चम्चा दौड रिले दौड,१००मिटर दौड ,कुर्सी दौड,डोरी तान्ने, ज्याभ्लिङ थ्रो,सटपुट, खेलहरू सञ्चालन गरिएको थियो।गत बुधवार अतिरिक्त क्रियाकलाप सञ्चालन समिति संयोजक भेषबहादुर बुढाथोकीको अध्यक्षता एवं क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलकुद सप्ताहको आज एक कार्यक्रमकाविच समापन गरिएको हो।समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली ,आनन्दकुमार लामिछाने ,व्यवस्थापन सङ्काय प्रमुख रामकृष्ण पौडेल, शिक्षा शास्त्र सङ्काय प्रमुख रमेशप्रसाद कडेलले विजयी विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो।


विजयी विद्यार्थीहरूलाई क्याम्पसको वार्षिक उत्सवमा पुरस्कृत गरिने क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal