ट्रेन्डीङ्ग

जाजरकोटमा नेकपाको सातौँ पार्टी पुनर्गठन दिवस भब्यरुपमा सम्पन्न

जाजरकोट मंसिर ८ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज केन्द्रीय कार्यक्रम अनुसार देशका विभिन्न ठाउँम कार्यक्रम सम्पन्न गरेको छ । सोही अनुसार भेरी नगरपालिका ७ को दहबजारमा पनि कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ । विभिन्न चुनौतिको बिचमा पनि युवा, विद्यार्थी, शिक्षक, महिला, कर्मचारी समग्र आम जनताको माझमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम विभिन्न अथितिहरु उपस्थित भएका थिए । जसमध्य कार्यक्रम सभापति हिमाचल राज्य समितिका सदस्य तथा सिम्ला जिल्लाका अध्यक्ष लामो समय प्रवासमै राजनिती गर्दै आउनुभएका क. जनक बहादुर थापा “मार्सल” हुनुन्थ्यो भने क्रमशः कार्यक्रमको प्रमुख अतिथी अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा भेरी नगरकमिटिका इन्चार्ज प्रेम शाही, बिशेष अतिथी युवा संगठन नेपाल जाजरकोटका पुर्व अध्यक्ष तथा हाल भेरी कर्णाली ब्युरो सदस्य क. खडक सिंह, अतिथी अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाही, अतिथी डबल नेकपाका जाजरकोट सचीव भिम बहादुर चन्द तथा सहिद परिवारबाट टेक बहादुर चन्द लगाएतका अतिथिहरु उपस्थित हुनुन्थ्यो । कार्यक्रमलाई संचालन अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचीव क. दिपेन्द्र सिंहले गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा भेरी नगरकमिटिका ईन्चार्ज क. प्रेम शाहिले भन्नुभयो जनताको जीवनउन्नति अग्रगामी रुपान्तरण तिर जानुपर्ने ठाउँमा प्रश्गामी रुपान्तण तर्फ धकेलिएको उल्लेख गर्नुभयो । सातौँ पार्टी पुनर्गठन दिवशको शुभकामना दिँदै संसदीय ब्यवस्थाबाट जनको जीवन उन्नती, देश समृद्ध कहिल्यै नहुने कुरा बताउनु भयो । अब एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी व्यवस्था बाट मात्रै देश समृद्ध बन्नेकुरा स्पस्ट पार्नुभयो । कार्यक्रममा विभिन्न अतिथिहरुले बोल्दै हामिजनताको बिचमै रहने र नेपाली जनताकै लागि आवाज उठाउने कुराम जिकिर गरेको कुरा अखिल (क्रान्तिकारी) जाजरकोटका सचिवले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?