
रामु भुसाल,कार्तिक २२ बर्दघाट । पश्चिम नवलपरासीको ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरको ३५ औँ स्थापना दिवस एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ।
मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सस्थाका पदिाधिकारी,कर्मचारीहरु बीच शुभकामना आदान प्रदान समेत गरिएको थियो।
कार्यक्रममा मञ्चका निर्वतमान अध्यक्ष एवं कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले सस्थाले विभिन्न आरोह अवरोह पार गर्दै ३५ औँ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सबैलाई शुभकामना दिदै सस्थाले समाजिक क्षेत्र र न्यायिक क्षेत्रमा काम गरिरहेको र यसका लागी सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो।२०४३ साल कार्तिक २२ गते स्थापना भएको मञ्चले हाल नवलपरासीका सात वटै तह लगायत अन्य जिल्लाहरुमा समेत आफ्नो गतिविधिहरु सञ्चालन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।
मञ्चले सुरक्षित बैदेशिक रोजगारीका लगाी नेपाल सरकारको साझेदारीमा सुरक्षित आप्रवासन परियोजना सामि,फेयरमेडको साझेदारीमा स्वास्थ्य सम्बन्धि कार्यक्रम,कोभिड सम्बन्धि कार्यक्रम,जलअधिकार,मानव अधिकार, महिला अधिकार, बाल अधिकार र भुमि अधिकार लगाएतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र मञ्चमा नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा ६ वटा परियोजना मार्फत ६५ बढी कर्मचारीहरुले निरन्तर सेवा दिइरहेको सस्थाका सचिव होमराज कुंवरले जानकारी दिनुभएको छ ।