ट्रेन्डीङ्ग

एन सि सि बैंकद्वारा रेडक्रसलाई फिल्टर प्रदान

रमेश भुसाल,कार्तिक १७ सुनवल । नेपाल कमर्स एन्ड क्रेडिट बैंक(एन सि सि) सुनवल शाखाले नेपाल रेड्क्रस सोसाइटी सुनवल उपशाखालाई फिल्टर सहयोग गरेको छ ।

आर्थिक कारोबार सङगै सामाजिक कर्यालाई अगाडि बढाउने उद्देश्यका साथ शुद्ध पानीको लागि रेड्क्रसलाई पानीलाई शुद्धीकरण गर्ने फिल्टर प्रदान गरेको नेपाल कमर्स एन्ड क्रेडिट बैंक सुनवल शाखाका प्रमुख सुर्य शेरचनले जानकारी दिनुभयो ।

फिल्टर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पश्चिम् नवलपरासी शाखाका उपसभापति कृष्ण प्रसाद लामिछाने, नेपाल कमर्स एन्ड क्रेडिट बैंक लुम्बिनी प्रदेश प्रमुख मेगनाथ पान्डे,नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा लगायत बोल्दै आर्थिक कारोबार गर्ने सस्थाले मानबिय सेवाभाबको उद्देश्यले सामाजिक कार्य गरेको भन्दै प्रसंशा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal