ट्रेन्डीङ्ग

नेकपा गुल्मीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

कात्तिक १० गुल्मी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि गुल्मीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

पाटिका केन्द्रिय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्र बहादुर चन्द (विरजङको) सम्झानमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको पाटिका कार्यबाहक सेक्रेटरी बसन्त गैरेले बताए ।
जिल्लाको धुर्कोट गाउँपालिका स्थित पिपलधारामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको उक्त पाटिले जनाएको छ ।श्रद्धाञ्जली सभा कार्यक्रमलाई पाटिका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज भृकुटीले सम्बोधन गर्दै नेता बिरजङले देखाएको बाटो हिड्नु पर्न बताएकी छन ।साथै २९ महिने जेल जिबन , उनको जीवनी र सङ्घर्षको इतिहास सुनाउदै आम कायकर्ताले उहाँको त्याग ,तपस्या ,बलिदान अनुशरण गर्नु पर्न उल्लेख गरिन ।

श्रद्धाञ्जली सभामा नेकपाका नेता वसन्त गैरे, बिनोद पोख्रेल , भिमकान्त घिमिरे , मिसन लगायतले आफ्ना भनाई राख्दै नेता बिरजङले देखाएको बाटो हिडनु पर्न धारण व्यक्त गरेका थिए ।
एकीकृत जनक्रान्तीको अभियानमा परिवार सहित होमिएका बिरजंग पाटीमा इमान्दर,नैतिकवान,जुझारु नेताका रुपमा परिचत थिए।तत्कालिन केपी शर्मा ओलीको सरकाले लगाएको प्रतिबन्धमा विभिन्न यातना सहदै  देशका विभिन्न जेल तथा हिरासतमा २९ महिना बिताएका नेता चन्द्र बहादुर चन्द बिरजंगको गत असोज २८ गते भारतमा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal