ट्रेन्डीङ्ग

डोटीमा नेकपाद्वारा स्व.नेता बिरजंगको श्रद्धाञ्जलीसभा सम्पन्न

प्रकाश थापा कार्तिक १० डोटी। नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा वडी केदार -५ अतरकाँडा बजार डोटीमा नेकपाका वरिष्ठ केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द(विरजंग)को श्रदाञ्जली सभा सम्पन्न भएको छ।

श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले विरजंगले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्घता व्यक्त गर्दै एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद पुगेर छोडने उदघोष गर्नु भयो ।

जिल्ला सदस्य धन बहादुर बोहराको अध्यक्षतामा शुरु भएको सभामा प्रमुख अतिथी जिल्ला सचिवालय सदस्य कृष्ण बोहरा,जनपत्रकार संगठन नेपाल सुप अध्यक्ष प्रकाश थापा,नेकपा(एमाले)प्रतिनिधि बिमल बोहरा,नेपाली काँग्रेस प्रतिनिधि विर बहादुर बोहरा लगायतको उपस्थिति रहेको हथियो ।

कार्यक्रमको संचालन जिल्ला सदस्य लक्ष्मण ताडीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal