ट्रेन्डीङ्ग

हकअधिकार र सुरक्षाको माग सहित सुस्तावासिद्धारा मुख्यमन्त्रिलाई ज्ञापन पत्र

रमेश भुसाल,असोज २१,परासी।पश्चिम नवलपरासीको नेपाल भुमिमा भएको भारतीय हस्तक्षेप विरुद्ध सुस्ता वासिहरुले लुम्विनी प्रदेशका मुख्य मन्त्रिलाई ज्ञपानपत्र बुझाएका छन।

संविधान सभा सदस्य देवकरण प्रसाद कलावरको नेतृत्वमा मुख्य मन्त्रि कार्यालय पुगेको टोलिले विभिन्न माग राख्दै लुम्विनी प्रदेशका मुख्य मन्त्रि कुल प्रसाद केसीलाई ज्ञापन पत्र वुझाएको हो ।
सिमानामा जंगे पिल्लर राख्नु पर्ने,नेपाली नागरिकताका प्रमाण पत्र पाउनु पर्ने,सुस्ता वासिले जोतभोग गर्दै आएको जमिन नापी नक्सा गराई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउनु पर्ने,सुस्ताको भुभाग गुगल म्यापमा भारतको सिमा भित्र देखिएकोमा त्यसलाई परिर्वतन गराई नेपाली सिमा भित्र कायम गर्न,नारायणी नदिको तटवन्धनलाई पुर्णता,सुस्ता स्वास्थ्य केन्द्रको स्तरवृद्धि,आवस कार्यक्रम अन्तर्गतका घरहरुको पुर्णता लगाएतका मागहरु राखेका छन।

सुस्तामा नेपालको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर मध्ये १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरिसकेको छ । जसमध्ये अझै १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित छ भने जम्मा ७ हजार हेक्टर भुभाग नेपालीहरुले जोतभोग गर्दै आइरहेका छन् । सुस्ता बासिले विस.२०२२ साल देखि सुस्ता क्षेत्रको भुमि संरक्षण र भारतिय दादागरि संग लड्दै आइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal